सरकारी कार्यालयमा आलोपालो पद्धतिअनुसार काम सुचारु राख्नुपर्ने काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निषेधाज्ञा आदेश जारी भएका जिल्लाका सरकारी कार्यालयमा आलोपालो पद्धतिअनुसार कर्मचारी खटाइ काम सुचारु राख्न निर्देशन दिएको छ। कार्यालयहरुमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्न निर्देशन गरिएको हो। घरबाटै गर्न सकिने कामको हकमा 'वर्क फ्रम होम' को व्यवस्था गर्न भनिएको छ। पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा कार्यालय प्रमुखले कोभिड काज मिलाउनु पर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्