मास्क नलगाउने थाई प्रधानमन्त्रीलाई जरिवाना ! एजेन्सी। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालाई मास्क नलगाएको अभियोगमा ६ हजार भाट जरिवाना गरिएको छ। उनले सोमबार भ्याक्सिन खरिद गर्नेबारे सल्लाहकारहरूको बैठकमा जाँदा मास्क लगाएका थिएनन्। बैंककका गभर्नर असविन क्वानमुआङले सोमबार फेसबुकमा प्रधानमन्त्रीविरुद्ध प्रहरीमा उजुरी गरेको जानकारी दिए। सोसल मिडियामा प्रधानमन्त्रीको आलोचना भएपछि गभर्नर क्वानमुआङले प्रतिक्रिया दिएका हुन्। शनिबारदेखि नै थाइल्यान्डले आफ्नो सीमा बन्द गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्