विपद्का घटनाले १४ दिनमा साढे २० करोडको क्षति काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०७८ वैशाख १ गते यता विपद्का घटनाले २० करोड ४६ लाख ३२ हजार ३ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताएको छ। आगलागी, चट्याङ, जनावर आक्रमण, पहिरो र हावाहुरीका घटनाले उक्त क्षति गरेको हो। यो अवधिमा आगलागीबाट १९ करोडभन्दा बढीको क्षति गरेको छ। चट्याङले करिब एक करोडको क्षति गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्