टिपरको ठक्करबाट एकको मृत्यु सप्तरी। टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ का ५६ वर्षीय देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ। मृतकको परिवार स्रोतका अनुसार साइकलमा सवार उनलाई बैशाख ५ गते टिपरले ठक्कर दिएपछि नोबेल अस्पताल विराटनगरमा उपचाररत थिए। मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्