आसाममा ६.४ रेक्टरको भूकम्प, पूर्वी नेपालसम्म झट्का महसुस काठमाडौं। भारतको आसामलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ७ः५१ बजे सोनितपुरलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको झट्का केही सेकेण्डसम्म महसुस गरिएको थियो। भूकम्पको धक्का पूर्वोत्तर र उत्तर बंगालका साथै पूर्वी नेपालसम्म महसुस गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्