पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक झापा। नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ। भारतमा कोरोना संक्रमण अत्याधिक बढिरहँँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै मंगलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्