भक्तपुरमा कोरोना खोप लगाएका ३१ जनालाई कोरोना संक्रमण भक्तपुर। भक्तपुरमा कोरोना खोप लगाएका ३१ जनालाई संक्रमण देखिएको छ। चिनियाँ खोप 'भेरोसेल' लगाएका ३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। सोमबार ११८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। एन्टीबडी बन्न कम्तिमा दुई हप्ता लाग्ने भन्दै खोप लगाएको एक हप्तासम्म कोराना रिपोर्ट पोजिटिभ देखिने जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्