“मेरो एउटै सपना छ, विद्यालय बनाउने । जसका लागि मैंले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु”, देउराली आधारभूत विद्यालय गोठीचौर–३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भने ।

उक्त विद्यालयमा रहेको एक जनाको दरबन्दीमा उनी एक मात्र शिक्षक र आफैं प्रधानाध्यापक समेत छन् । कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा १२० विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीको संख्याअनुसार शिक्षकको दरबन्दी नहुँदा पढाइ व्यवस्थापनमा ठूलो चुनौती देखिएको उनको भनाइ छ ।

उनले भने, “शिक्षक दरबन्दी छैन भनेर विद्यार्थीको भविष्यमाथि लापरबाही गर्नुभएन । विद्यालयकै पहलमा चारजना निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरेका छौं । यसले अभिभावकलाई धेरै भार परेको छ । अर्कोतिर तलब बेलैमा पाउन नसक्दा निजी शिक्षकको पीडा पनि त्यस्तै छ ।”

“दशैं नजिक आइसक्यो, अब निजी शिक्षकलाई कहाँबाट तलब खुवाउने हो भन्ने चिन्ताले पिरोलिरहेको छ,” उनले भने, “यो समस्या बर्सेनि बल्झिरहन्छ ।”

बालबालिकालाई ‘आमाको नासो’

बालबालिकाको पढाइलाई प्रभावित हुन नदिन दामदासे विद्यालयले ‘आमाको नासो’ कार्यक्रम सञ्चालन गरेको छ ।

“हरेक दिन आमाले आफ्नो बालबालिकालाई विद्यालय पठाउँदा सिमी, मकै, आलु, कोदो लगायतका खाद्यन्न दिएर पठाउने नीति ‘आमाको नासो’ कार्यक्रमको हो,” प्रधानाध्यापक प्याकुरेलले भने, “बालबालिकाका आमाबाट प्राप्त भएको नासो बेचेर पनि शिक्षकलाई तलब खुवाउने गरेका छौं ।”

विद्यार्थीको चाप बढेपछि चारजना निजी शिक्षक राखिएको र उनीहरुको तलबको आर्थिक स्रोत नभएपछि विकल्पका रुपमा ‘आमाको नासो’ कार्यक्रम शुरू गरिएको उनको भनाइ छ ।

यद्यपि शिक्षकको तलबको लागि यो दीर्घकालीन स्रोत नभएकोले विद्यालयको नाममा रहेको दुई हजार ५०० वर्गमिटर जमिनमा स्याउ बगैँंचा निर्माण गर्ने योजना लिइएको उनले बताए ।

“बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चितका लागि हामीले स्याउ बगैँचा निर्माणको तयारी गर्दैछौं,” प्याकुरेलल भने, “जुन आर्थिक आम्दानीको दीर्घकालीन स्रोत बनेर शिक्षकलाई तलब खुवाउन सहज हुनेछ ।”

गुठीचौर गाउँपालिका सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख अमरराज गिरीले दामदासै जस्तै धेरै विद्यालयको यस्तै समस्यामा रहेको बताए ।

शिक्षा विकास कार्यक्रमका लागि गाउँपालिकाले चालू आवामा ३० लाख बजेट विनियोजन गरेको बताउँदै देउराली आधारभूत विद्यालय दामदासेका लागि दुई लाख रुपैयाँ उपलब्ध गराइने गिरीको भनाइ छ ।
‘एक सामुदायिक विद्यालय, एक स्याउ बगैंचा’
तत्कालीन जिल्ला कृषि विकास कार्यालय जुम्लाले लिएको ‘एक सामुदायिक विद्यालय, एक स्याउ बगैँचा’ निर्माणको नीतिलाई कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अगाडि सार्ने भएको छ ।

स्याउ उत्पादन हुने जिल्लाका विद्यालयको आर्थिक आम्दानीका लागि ‘एक सामुदायिक विद्यालय, एक स्याउ बगैँचा’ निर्माणको नीति अघि बढाउन थालिएको हो ।

विद्यालयलाई उत्पादन र आम्दानी दुवैसँग जोड्न सरकारले यो नीति लिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए।

शेरबहादुर सिंह /रासस

" /> “मेरो एउटै सपना छ, विद्यालय बनाउने । जसका लागि मैंले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु”, देउराली आधारभूत विद्यालय गोठीचौर–३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भने ।

"> शिक्षकलाई तलब खुवाउन ‘आमाको नासो’ कार्यक्रम: Dekhapadhi
शिक्षकलाई तलब खुवाउन ‘आमाको नासो’ कार्यक्रम

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्