नेपालबाट कतार जाने कामदार अनिवार्य होटल क्‍वारेनटाइनमा बस्नु पर्ने काठमाडौं। वैदेशिक रोजगारको सिलसिलामा कतार जाने नेपाली कामदारहरु त्यहाँ पुगेपछि अनिवार्य १० दिन होटल क्‍वारेन्टाइनमा बस्नु पर्ने भएको छ। कतार सरकारले हिजो उक्त निर्णय गरेको हो। कतारले नेपाल बाहेक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट जाने कामदारलाई पनि अनिवार्य होटल क्‍वारेनटाइनमा बस्नु पर्ने बताएको छ। कोरोना खोप लगाएको भएपनि होटल क्‍वारेनटाइनमा बस्नु पर्ने कतारको स्वास्थ्य मन्त्रालयले जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्