के महिनावारीको बेला कोरोना खोप लिनु सुरक्षित हुन्छ? एजेन्सी। भारतमा महिनावारीको बेला कोरोना खोप लगाउन नहुने भन्ने एक सूचना ह्वाट्सएप ग्रुपमा चर्चामा छ। यसले धेरैलाई भ्रम सिर्जना गरेको छ। तर, चिकित्सकहरूले भने महिनावारीको समयमा खोप लगाउँदा कुनै असर नहुने बताएका छन्। भारतको नानावटी अस्पतालकी गायनोकोलोजी विभागकी डा. गायत्री देशपाण्डेले महिनावारीको समयमा खोप लगाउँदा कुनै समस्या नहुने बताइन्। भारतको स्वास्थ्य मन्त्रालयले समेत ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्