कञ्चनपुरबाट भारत जान प्रतिबन्ध कञ्चनपुर। बढ्दो कोरोना महामारीका कारण गड्डाचौकी नाकाबाट भारत जान रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारत जान रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकको कामका लागि भारत जान रोक लगाइएको बताए। सीमावर्ती बनबासा, टनकपुर, खटिमा लगायतका शहर कञ्चनपुरबासीका किनमेलको गन्तव्य स्थल हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्