आईपीएल क्रिकेट : आज दिल्ली र बैंगलोर भिड्दै एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्र्जस बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलमा पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको दिल्ली ८ अंकसहित दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको बैंगलोर समान अंकसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्