काठमाडौं उपत्यकामा सोमबार १५ सयभन्दा बढी सवारी चालकमाथि कारबाही काठमाडौं। ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५९६ जना चालकलाई सोमबार उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ। कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२४, जथाभावी यात्रु चढाउने ७४, ढोका खोलेर चलाउने ७८, वानवे विपरीत चलाउने ४८, अवस्था ठीक नभएका सवारी चलाउने ५४, बत्तीको उल्लङ्घन गर्ने ३५, नम्बर प्लेट स्पष्ट नराख्ने २४ र मदिरा पिएर चलाउने ५ जना चालक छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्