नेपालमा अक्सिजन हैन, सिलिण्डरको अभाव काठमाडौं। नेपालमा अक्सिजन भन्दापनि सिलिण्डरको अभाव रहेको व्यवसायीले बताएका छन्। कोरोनाको संक्रमण बढिरहेको बेला अक्सिजनको अभाव हुनेतिर चिन्ता व्यक्त भएको छ। अहिले मागअनुसार अक्सिजन उत्पादन भइरहेको तर, सिलिण्डरको अभाव रहेको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताए। दैनिक ८ देखि १० हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको उनको भनाइ छ। बजारमा पठाइएका सिलिण्डर नफर्किदा अभाव भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्