तीन महिनामा कतारबाट २५ शव नेपाल ल्याइयो काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा पछिल्लो तीन महिनामा मृत्यु भएका २५ जना नेपालीको शव नेपाल ल्याइएको छ। कतारको दोहास्थित नेपाली दूतावासको पहलमा ती शवहरु २०७७ माघदेखि चैत मसान्तसम्मको अवधिमा नेपाल ल्याइएको हो। कतारस्थित नेपाली दूतावासका अनुसार कोरोना महामारी सुरु भएयता कतारबाट १३३ जना नेपाली कामदारको शव नेपाल पठाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्