तीन सातापछि मुम्बईमा कोरोना संक्रमितको संख्या घट्यो काठमाडौं। तीन महिनापछि भारतको वित्तिय राजधानी मुम्बईमा शनिबार कोरोना भाइरसको नयाँ सङ्क्रमितको संख्या सबैभन्दा कम पाइएको छ। शनिबार मुम्बईमा ५ हजार ८८८ जना नयाँ संक्रमित थपिएका थिए। प्रवासी कामदारको पलायन, धेरैभन्दा धेरैको स्वास्थ्य परिक्षण र सङ्क्रमितलाई आईसोलेसनमा राखेका कारण सङ्क्रमितको संख्या घटेको स्थानिय मिडियाले जनाएका छन्। मार्च ३० पछि मुम्बईमा नयाँ संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्