त्रिविमा आजको परीक्षा जारी काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा पूर्वनिर्धारित आजका सबै परीक्षा सञ्चालन भइरहेका छन्। हिजो बसेको सीसीएमसीको बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। त्रिविका रजिस्टार प्रा.डा. पेशल दाहालले आजको परीक्षा नरोकिने बताए। ‘अहिले बिहानको परीक्षा भइरहेको छ। दिउँसोको पनि हुन्छ। भोलीको परीक्षा के गर्ने भन्ने विषयमा हामी छलफल गछौं’, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्