नाडाललाई १२औं पटक बार्सिलोना ओपनको उपाधि एजेन्सी। राफेल नाडालले ग्रिसका स्टेफानो सिसिपसलाई तीन सेटमा नतिजा निकाल्दै १२औं पटक बार्सिलोना ओपनको उपाधि जितेका छन्। ३५ वर्षे नाडालले पाँचौ वरियाताका सिसिपसलाई ६–४, ६–७ (६÷८) र ७–५ को सेटमा हराए। नाडालले खेल जित्न तीन घण्टा ३८ मिनेटको समय लगाए। ‘यहाँ उपाधि जित्नु विशेष हुन्छ,’ नाडालले भने, ‘मेरो स्तरमा सुधार आएको छ। त्यसकारण यो उपाधि महत्वपूर्ण छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्