बर्दियामा सोमबारदेखि एक साता लकडाउन बर्दिया। कोरोना संक्रमण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने गरी सोमबारदेखि बर्दियामा एक साता लकडाउन गरिएको छ । लकडाउनमा स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय सञ्चालन गर्न पाइने छैन। अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्