काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक सबै काम बन्द काठमाडौं। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेका हुन्। कोरोनाको जोखिम बढेकाले आवश्यक सेवा सञ्चालन गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताए। "नागरिकता बनाउने, राहदारी, संघ-संस्था दर्ता र नवीकरण गर्ने काम बन्द गरेका हौं," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्