कोरोनाको असरः विदेशमा रहेका नेपालीमा मानसिक स्वास्थ्य समस्या बढदै काठमाडौं। कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटा लगायतका चिकित्सकहरूले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताएका हुन्। महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्