१५ देशबाट ७०६ जनाको शव नेपाल ल्याइयो काठमाडौं। कोरोना महामारी सुरु भएयताको १३ महिनामा १५ देशमा मृत्यु भएकामध्ये ७०६ जना नेपालीको शव सरकारले उद्दार गरी स्वदेश ल्याएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार २०७७ वैशाखदेखि २०७८ वैशाख ११ गतेसम्मको अवधिमा ती शव नेपाल ल्याइएको हो। अधिकांश शव वैदेशिक रोजगारको सिलसिलामा खाडी तथा मलेसिया गएकाहरुको हो। परिवारले स्वीकृति दिएकाहरुको भने सम्बन्धित देशमै शवको अन्तिम संस्कार गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्