कतारमा एक लाखभन्दा बढी नेपालीले रोजगार गुमाए काठमाडौं। कोरोना भाइरस महामारीले सिर्जित अवस्थाका कारण कतारमा रोजगार गुमाएका एक लाख एक हजार ३९१ जना नेपालीलाई सरकारले उद्दार गरी स्वदेश फर्काएको छ। सरकारले २०७६ चैतदेखि २०७८ वैशाख ११ गतेसम्मको अवधिमा उक्त संख्यामा नेपाली कादमारलाई कतारबाट स्वदेश फर्काएको हो। नेपालीहरुले वैदेशिक रोजगारको लागि कतारलाई आकर्षक गन्तव्य मान्ने गर्छन्। करिब तीन लाखको हाराहारीमा नेपाली कामदारहरु कतारमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्