युक्रेनको सीमाबाट पछि हट्दै रुसी सेना एजेन्सी। क्रिमियामा युद्ध अभ्यास सम्पन्न गरेको रुसी सेना तीव्र गतिमा आफ्नो ब्यारेक फर्किन थालेको छ। यसपछि युक्रेनको सीमामा चल्दै आएको संघर्ष सामान्य बन्न थालेको छ। रुसी रक्षा मन्त्रालयले क्रिमियाबाट सेना फिर्ता आइरहेको भिडियो सार्वजनिक गरेको हो। रुसी रक्षामन्त्री सेर्गेई सोइगुले क्रिमिया र पश्चिमी रुसमा जारी युद्धाभ्यास अन्त्य गर्ने घोषणासमेत गरेका छन्। उनले आफ्ना सेनालाई ब्यारेक फर्कन निर्देशन दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्