पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक दार्चुला। भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपालीलाई आउन दिएपनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ। आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका असइ गगनसिंह भाटले बताए। भारतको उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्