क्रिप्टोकरेन्सीमा ठूलो गिरावट, लगानीकर्ताले दुई सय अर्ब गुमाए एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले 'क्यापिटल गेन ट्याक्स' बारे प्रश्न गरेपछि क्रिप्टोकरेन्सी बजारमा तीव्र गिरावट आएको छ। राष्ट्रपतिको चासोपछि लगानीकर्ताले दुई सय अर्ब डलर गुमाएका छन्। क्‍वाइन मेट्रिक्स डाटोको रिपोर्टअनुसार, ट्क्यासको विषय उठेपछि बिटक्‍वाइनमा ७.३ प्रतिशतको गिरावट आयो। अहिले यसको मूल्य ४९७३० डलरमा झरेको छ। मार्च महिनापछि बिटक्‍वाइनको मूल्य ५० हजार डलरबाट तल ओर्लिएको यो पहिलो पटक हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्