भारतको विदेशी मुद्रा सञ्चिति बढ्दो एजेन्सी। भारतको विदेशी मुद्रा सञ्चिति ५८२.४०६ अर्ब डलर पुगेको छ। रिजर्भ बैंकको शुक्रबारको आँकडाले यस्तो सञ्चितिमा १.१९३ अर्ब डलर वृद्धि भएको देखाएको हो। भारतको विदेशी मुद्रा सञ्चिति जनवरी २९ मा ५९०.१८५ अर्ब डलरको सर्वाधिक उचाइमा पुगेको थियो। त्यसपछि केही समय गिरावट आएको सञ्चितिमा पुनः बढोत्तरी भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्