कोरोना नियन्त्रणमा भारतलाई सघाउन अमेरिका तयार एजेन्सी। भारतको कोरोना कहरलाई दृष्टिगत गर्दै अमेरिकाले मद्दतका निम्ति तयार रहेको बताएको छ। ह्वाइटहाउसले शुक्रबार कोरोना नियन्त्रणका उपाय पत्ता लगाएर नजिकबाट सहयोग गर्न अमेरिका तयार रहेको बताएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीलाई पनि कोरोना महामारीबाट आक्रान्त भारतलाई हरप्रकारको मद्दत गर्न आफ्नो देश तयार रहेको जानकारी दिएका छन्। भारतमा बढ्दो संक्रमणले विश्व चिन्तित हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्