सेतो मच्छेन्द्रनाथको रथयात्रा सकियो काठमाडौं। वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ। पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो। जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्‍याएपछि तेस्रो दिन सेतो मच्छेन्द्रनाथको आमाको मन्दिर र चौथो दिन सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ। आज (पाँचौं दिन) मन्दिरमा स्थापना पश्चात जात्रा समापन हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्