आज धरहरा उद्घाटन हुँदै काठमाडौं। वि.सं.२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनःनिर्माणपछि आज उद्घाटन हुँदैछ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्न लागेका हुन्। उद्घाटनका क्रममा पुनर्निर्माण प्राधिकरणले सीमित व्यक्तिलाई मात्र आमन्त्रण गरेको छ। धरहरा पूर्ण रुपमा बनिनसकेकाले सर्वसाधारणको लागि भने खुला गरिने छैन। धरहरा पहिले ११ तले थियो भने हाल २२ तला निर्माण भइसकेको छ। धरहरामा दुईवटा लिफ्टको व्यवस्था गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्