कोरोना भाइरस सगरमाथा पुग्यो, एक आरोहीमा संक्रमणको पुष्टि एजेन्सी। सगरमाथा आरोहणको लागि केही दिनदेखि आधार शिविरमा रहेका नर्वेजियन आरोही एरलेण्ड नेसमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। बिहीबार उनलाई कोरोना संक्रमण रहेको थाहा भएको थियो। त्यसपछि उनलाई हेलिकप्टरबाट उद्धार काठमाडौं ल्याइएको थियो। उनलाई अस्पतालमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। यस वर्षको वसन्त याममा ३३८ जना आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न अनुमति लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्