पार्किङकाे मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ सुनसरी। धरान उपमहानगरपालिका–१९ बाट पार्किङ गरी राखेको को.१८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–८ बस्ने रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने रवी राई रहेका छन्। गत मंगलबार मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानका क्रममा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्