उद्धार उडानमा करिब ४४ हजार विदेशी नेपाल आए काठमाडौं। सरकारले बिभिन्न देशमा कोरोना महामारीले अलपत्र परेका नेपालीको उद्दारको निम्ती गरेको हवाइ उडानमा ४३ हजार ९६५ जना विदेशी नेपाल आएका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)काअनुसार २०७६ चैतदेखि २०७८ वैशाख ९ गतेसम्मको अवधिमा उनीहरू उद्दार उडानमार्फत नेपाल आएका हुन्। सबैभन्दा बढी भारतबाट १९ हजार ७७९ विदशी नेपाल आएको सीसीएमसीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्