भारतसँग रक्षा सम्बन्ध मजबुत पार्दै अमेरिका एजेन्सी। अमेरिकाले भारतसँग रक्षासम्बन्ध थप मजबुत पार्ने निर्णय गरेको छ। अमेरिकी सिनेटले 'चीन सामरिक प्रतिस्पर्धा विधेयक' लाई स्वीकृत गरेको हो। विधेयकमा क्‍वाड समूहलाई समर्थन गर्ने र भारतसँग सुरक्षासम्बन्ध वृद्धि गर्ने सन्दर्भमा सहमति जनाइएको छ। चीनविरोधी समूह क्‍वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित छन्। गत महिना राष्ट्रपति जो बाइडेनले आयोजना गरेको क्‍वाड शिखर सम्मेलनमा चारै देशका नेताले भाग लिएका थिए।
प्रतिक्रिया दिनुहोस्