चट्याङ लागेर मृत्यु काठमाडौं। पछिल्लो चौबिस घण्टामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार कपिलवस्तुको मायादेवी गाउँपालिका-३ बस्ने एक महिलाको चट्याङ लागेर मृत्यु भएको हो। डडेलधुराको पर्शुराम नगरपालिका-१० स्यापसालामा र अछामको चौरपाटी गाउँपालिका-४ मा एक/एक जना महिला चट्याङ लागेर घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्