पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गर्दै बम विस्फोट एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रदेशको क्वेटास्थित एक होटलमा चिनियाँ राजदूतलाई लक्षित गर्दै विद्रोहीले बम विस्फोट गरेका छन्। पाकिस्तानमा बढ्दो चिनियाँ प्रभावको विरोधमा विद्रोहीले बम विस्फोट गराएको कतिपय विश्लेषकको बुझाइ छ। विद्रोहीले होटलमा राजदूत नङ रङ रहेको ठहर गरेका थिए, तर त्यसबखत उनी त्यहाँ थिएनन्। कार बम विस्फोटबाट कम्तीमा पाँचजनाको मृत्यु भएको र दर्जनभन्दा बढी घाइते भएको पाकिस्तान प्रहरीको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्