काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा काठमाडौं। आज काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ। स्थानीय र पश्चिमी वायुको प्रभावका कारण गण्डकी, बागमती र प्रदेश २ मा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर वर्षा भएको छ। आज देशैभर हल्का वर्षा र केही स्थानमा हावाहुरी र चट्याङ पर्ने सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्