बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द मुस्ताङ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न सडक आयोजनाले वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवतजावत रोक्ने भएको हो। सो सडकमा बिहान साढे ६ देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ साढे ६ बजेसम्म सडक बन्द गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्