नेपालगञ्जमा एक हप्ता लकडाउन नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमानगर क्षेत्रभरमा आज मध्यरातिबाट एक हप्ता लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुनेछ। बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको छ भने अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नुपरेको कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्