चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध हुम्ला। हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। गत शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही समस्यामा परेका हुन्। इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो सञ्चालनमा समेत समस्या देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्