फ्रान्सले फिर्ता बोलायो पाकिस्तानमा रहेका आफ्ना १५ कूटनीतिज्ञ एजेन्सी। पाकिस्तानमा केही दिनदेखि हिंस्रक झडप हुन थालेपछि फ्रान्सले आफ्ना १५ जना कूटनीतिज्ञलाई फिर्ता बोलाउनले निर्णय गरेको छ। पाकिस्तानमा पैगम्बर मोहम्मदको कार्टुन प्रकाशनको सन्दर्भमा झडप बढ्दै गएपछि फ्रान्सले उक्त निर्णय गरेको हो। हिंसात्मक आन्दोलनमा उत्रिएका संगठनहरूले पाकिस्तानमा रहेका फ्रान्सेली कूटनीतिज्ञहरुलाई फिर्ता पठाउन माग गरेका छन्। पाकिस्तानमा जारी हिंसाका कारण यसअघि नै १५ कूटनीतिज्ञले देश छाडिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्