शहरी विकास मन्त्रालयलाई १२ स्थानमा स्मार्ट सिटी विकास गर्न स्वीकृति काठमाडौं। सरकारले देशका १२ स्थानमा स्मार्ट सिटी बनाउन सहरी विकास मन्त्रालयलाई स्वीकृति दिएको छ। गत साता बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो। धनकुटा, झापाको गौरिगञ्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुण्डु बालकोट क्षेत्र, स्याङ्जाको वालिङ्ग, रुपन्देहीको लुम्बिनी, दाङको तुलसीपुर, दैलेखको दुल्लु, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढीमा स्मार्ट सिटी बनाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्