नासाले मंगलग्रहमा उडायो हेलिकप्टर काठमाडौं। मंगलग्रहमा पहिलोपटक नासाले सफलतापूर्वक हेकिप्टर उडाएको छ। यो पृथ्वीबाट उडाइएको पहिलो हेलिकप्टर हो। १.८ किलो ग्राम तौलको उक्त हेलिकप्टर पर्सिभिअरन्स रोभले बोकेर मंगलग्रहमा पुर्याएको हो । रोभर गत फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो। हेलिकप्टरमा पृथ्वीमा डेटा पठाउने प्रविधि समेत जोडिएको थियो। उक्त हेलिकप्टर १ मिनेटभन्दा कम समय हावामा उडेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्