अमेरिकाले दियो रुसलाई धम्की काठमाडौं। विपक्षी नेता एलेक्सी नभाल्नीमाथि रुसमा भएका ज्यादतिलाई अमेरिकालगायतका मुलुक बोल्न थालेका छन्। यदि नभाल्नीको जेलमा मृत्यु भएमा रुसले त्यसको दुःखद परिणाम झेल्नुपर्ने अमेरिकाले चेतावनी दिएको छ। बेलायत, फ्रान्स, जर्मनी र युरोपियन युनियनसमेतले नभाल्नीको उपचारमा चिन्ता प्रकट गरेका छन्। ४४ वर्षीय नभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन्। उनले राम्रो उपचार नपाएको भन्दै अन्तर्राष्ट्रियस्तरको विरोधमा थुप्रै देशले सहमति जनाएका छन्।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्