आजको मौसम : असिनासहित क्षणिक वर्षाको सम्भावना काठमाडौं। देशको उच्च पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशको सुदुरपश्चिम, कर्णाली,गण्डकी तथा लुम्बिनि प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको सुदुरपश्चिम तथा कर्णालीका केही स्थान र बाँकी प्रदेशका पहाडका एक÷दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरी÷असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्