कोरोनाका बिरामी कति दिनमा ठीक हुन्छन्? काठमाडौं। मेरिल्यान्ड युनिभर्सिटी अफ मेडिसिनका डा. फहिम युनुसका अनुसार कोरोनाका बिरामी प्रायः १४ दिनभित्र ठीक हुन्छन्। उनी भन्छन्, ‘यदि पहिलो दुई सातामा तपाईंको अवस्था खराब भएन भने, ठीक हुँदै छ भन्ने बुझ्नुपर्छ। ८० प्रतिशतभन्दा बढी बिरामी यही क्याटगोरीमा पर्छन्।’ बिरामीले भाइरसका बारेमा धेरै चिन्ता गर्न नहुने उनी सल्लाह दिन्छन्। मास्क लगाउन, भीडमा नजान र भ्याक्सिन लगाउन पनि उनले सल्लाह दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्