कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना कैलाली। कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुईवटा बिओपी स्थापना भएका छन्। जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल कार्यालयले जनाएको छ। सशस्त्र प्रहरी बल, वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले नयाँ बिओपीको संयुक्तरुपमा उद्घाटन गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्