हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा मजबुत पारिन्छः कमला ह्यारिस काठमाडौं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिका र जापान मिलेर हिन्द–प्रशान्तमा शान्ति, समृद्धि तथा सुरक्षा बढाउन मिलेर प्रयास गरिने बताएकी छन्। शुक्रबार जापानी प्रधानमन्त्री योसिहिदे सुगासँगको भेटपछि उनले यस्तो बताएकी हुन्। ह्यारिसले भनिन्, ‘जापानी प्रधानमन्त्रीसँग राम्रो कुरा भयो। अब हामी मिलेर हिन्द–प्रशान्त क्षेत्रको सुरक्षालाई मजबुत पार्नेछौं।’ नयाँ सरकार बनेपछि अमेरिका जाने सुगा पहिलो उच्च तहका नेता हुन्।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्