रुसले राख्यो युक्रेनको सीमामा ४० हजार सैनिक काठमाडौं। युक्रेनसँग सम्भावित युद्धलाई दृष्टगत गर्दै रुसले सीमाक्षेत्रमा ४० हजार सैनिक र पर्याप्त हतियार राखेको छ। राजनीतिक विश्लेषकहरु यसलाई दोस्रो विश्वयुद्धपछिको ठूलो सैनिक ‘मुभमेन्ट’ मान्छन्। उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै पनि सैनिक एक्सन नगर्न अनुरोध गरेका छन्। युक्रेनले भने रुसका तर्फबाट आक्रमण भएमा त्यसको प्रतिकार गर्न आफ्ना सेना तयार रहेको बताएको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्