९६ स्थानमा वर्षा, सबैभन्दा बढी कालिकोटको मान्मामा काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर रहेका १९७ वर्षा मापन केन्द्रहरुमध्ये ९६ वटामा वर्षा मापन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त अवधिमा सबैभन्दा बढी वर्षा कालिकोटको मान्मा केन्द्रमा मापन गरिएको छ। मान्मामा १८.८ मिलिमिटर पानी पारेको थियो। ३७ वटा केन्द्रमा ५ मिलिमिटरभन्दा बढी, १२ वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्